हङकङमा कलम चलाउने साथीहरु साप्ताहिक रुपले आफ्ना विचारहरु सम्प्रेषण गर्न लागि परेकाछन् भने म चाहिं महिनौ पछाडी कामको चटारो र हतारोलाई वल्लैले पन्छाएर एउटा सानो लेख जोड्ने घृष्टता कस्दैछु । मनले जति नै कलम अर्जाप्न चाहे पनि कामको प्रकृतिले काहा पो भन्या जस्तै कलम चलाउन पाईएको छ र ? तर पनि विचार र भावनाहरुले द्रविभूत गर्न थाले पछि अरु दश काम छोडेर भए पनि लेख्ने मान्छेलाई लेख्नु नै ठुलो लाग्दो रहेछ । (more…)

              डेढ दशक अगाडी विदेशतिर हुइकिदा यी हातहरुले कलम समातेर श्रृजना गर्न सकिएला भन्ने सयमा एक प्रतिशत पनि सोचिएको थिएन । सोचियास् पनि कसरी परदेशमा पाईला टेकि सकेपछि जे पर्ला सोही र्टला भन्ने मानसिकता वोकेर हिडिएको हुन्छ । फेरि साहित्य श्रृजना जस्तो कुरा चानचुने विषय पनि त होइन । त्यसैले कहिले काही आकाशको फल आखा तरी मर भन्ने उखान सो सरह होला जस्तो लाग्थ्यो साहित्य निर्माण कुरा । (more…)

 जिवन जिउनको लागि हरेक मान्छेले आ -आफ्नै खाले समय र परिस्थितिसंग सम्झौता गर्नुपर्नेहुन्छ नचाहेर पनि । यदि कसैले त्यो क्षणहरु संग कुनै प्रकारको सम्झौता गर्न चुक्यो भने उसको जिवन केही न केही वर्वादीका पलहरुले आकस्मिक आक्रमण गर्न सक्छन् । उक्त आक्रमणवाट पुनः यथास्थितिमा तग्रीनकोलागि मानसिक रुपमा घाइते हुनु त पर्छ नै । त्यो भन्दा पनि ठूलो आर्थिक क्षति र भौतिक प्रतारणा व्याहोर्नु पर्नेहुन्छ । तसर्थ हरेक कामको लागि विवेक आवश्यक हुन्छ । विवेक भएर मात्र पनि हुदैन त्यसलाई सही ढंले उपयोग गर्दै लग्यौं भने वांच्नको लागि केही सुलभ पक्षहरु देखा पर्दै जान्छन् । प्रत्येक क्षण समस्याहरु मानिस सम्मुख भएर उत्पनिनु त्यो कुनै नौलो कुरो होइन । (more…)

Follow

Get every new post delivered to your Inbox.