जिवन जिउनको लागि हरेक मान्छेले आ -आफ्नै खाले समय र परिस्थितिसंग सम्झौता गर्नुपर्नेहुन्छ नचाहेर पनि । यदि कसैले त्यो क्षणहरु संग कुनै प्रकारको सम्झौता गर्न चुक्यो भने उसको जिवन केही न केही वर्वादीका पलहरुले आकस्मिक आक्रमण गर्न सक्छन् । उक्त आक्रमणवाट पुनः यथास्थितिमा तग्रीनकोलागि मानसिक रुपमा घाइते हुनु त पर्छ नै । त्यो भन्दा पनि ठूलो आर्थिक क्षति र भौतिक प्रतारणा व्याहोर्नु पर्नेहुन्छ । तसर्थ हरेक कामको लागि विवेक आवश्यक हुन्छ । विवेक भएर मात्र पनि हुदैन त्यसलाई सही ढंले उपयोग गर्दै लग्यौं भने वांच्नको लागि केही सुलभ पक्षहरु देखा पर्दै जान्छन् । प्रत्येक क्षण समस्याहरु मानिस सम्मुख भएर उत्पनिनु त्यो कुनै नौलो कुरो होइन । तर त्यसलाई सावधानी पूर्वक लग्नु भने कर्तव्य नै ठहरिन्छ । संसारमा मानिस अन्य प्राणीहरु भन्दा सर्वश्रेष्ठ भएकै हैसियतले कठोर भन्दा कठोर अवस्थालाई सहजै कुल्चदै जानु मानवीय लक्ष्य पनि हो । किनकि अन्य प्राणीमा कुन कठोर र हुन सहज भन्ने अनुभूति हुदैन । भय भए अलिकति भोक र मृत्युको हुन्छ । चेतना वोधकै कारण मानिस आफ्नो प्रसायमा सफल भएको छ । हुन त कति प्रयासहरु विफल पनि नभएका होइनन्। तर हुदा सम्म र गर्दा सम्मको सफलताले यो उत्तर आधुनिक समय व्यतित गर्न पाइरहेका छौं। कतिपय मानिसको सपना विशाल रुपले फैलदा तुहेर गएको देखेका छौं । सपना जो देख्छौ त्यो एक प्रकारले समस्या पनि हो । किनभने त्यही सपना साकार पार्नको लागि अनेकौं उपायहरु जन्माउछौं । उपायलाई उपाय नै वनाउन भने हरेक दुःख कष्टहरु व्यहोर्दै जानुपर्छ नत्रभने त्यो केवल कल्पना मात्र वन्न पुग्छ । प्रत्येक मान्छेलाई उन्मुक्त हुन मनलाग्छ आफ्नो व्यवहारिक लान्छनाहरु पन्छाएर । तर तारको तार आउने साना ठूला विपत्तिहरुले कहांपो उम्कन दिन्छ र कहिले काही त उराठै लाग्ने गरी थुप्री दिन्छन् सोच्नै नसोचेका समस्यारुपी ढुंगाहरु ।
यी हरेक वस्तुस्थितिलाई नियालेर हेर्दा लाग्छ । मान्छे मात्र दास हो समयको । धर्तीमा पाउ राखेदेखि वर्तमान क्षणसम्म उमेर थप्दै जिवन रथ यहां सम्म ल्याइपुर्याएका छौं। जहां सम्म आएका छौ तर यहासम्म आउनलाई कहां सजिलै भएको हो र कति वाध्यतासंग किचिएर हो भने कति परिस्थिति संग थिचिएर हो । वितेको पल त आखिर अतित नै भइसक्यो तर आगत समयको आकृति भने कस्तो हुन्छ भन्ने चाहि मात्र गर्न सक्छौं अन्दाज । साचै भन्ने हो भने भविष्य भन्ने कस्ले पो ठोकुवा गर्न सक्छ र अतितलाई नभुलौ भन्दा पनि भुल्नै पछ ्रनया दिनहरुको आगमनले । हामीमा हुने आभाष पनि त्यसरी नै परिवर्तित हुदै जान्छन्। यदि यि सवकुराहरु नस्वीकारु त्यो हुदै हुदैन स्वीकारुं जिन्दगीको खेल अरु जटिल वन्दै जान्छ । हरेकले खेल्दै जानुपर्ने यो जोखिम पूर्ण खेल कहांपुगे र अन्त हुन्छ । त्यो पनि कसैलाई थाहा हुन्न तर नाई भन्न पाइन्न वाचुन्जेल । लाग्छ कहिले काही खेल भोग्नलाई होइन मात्र खेल दुनियालाई प्रदर्शन गर्न आइएछ भनेर । संसारका तमाम मान्छेहरु अक्सर जिवनवाट स्वतन्त्र कतै भाग्न चाहान्छन् तर चाहे अनुरुप कहांपो भाग्न सकेकाछन्। वढ्ता भए केही दिनको छुटिमा त्यो भन्दा वढी केही हुन सक्दैन । सके जोगी होला तर जोगीलाई पनि मागेर पेट भर्नुको पीर त हुन्छ नै अन्य पीर नभए पनि । मान्छेको इन्द्रियले समय भन्दा चाडै कतै पुगुंलाग्छ तर समयले पछारी राखेकै हुन्छ वारम्वार । हुन त यो समय भन्ने कुरा नै के हो थाहा छैन । तर समय नामाकरणले हामी त्यसलाई अनुभूत गर्ने गर्छौ त्यही होकि भनेर । त्यो नहुन पनि सक्छ विश्वास मात्र हो हाम्रो। विहानदेखि साझ सम्मको दिन र साझ सम्मको पललाई रात भनेर वुझ्दछौं। अथवा समयको हिसावमा वाह्रघण्टाको रात र वाह्रघण्टाको दिन वास्तवमा यो वुझाई नै हाम्रो आधार हो । त्यो नहुन पनि सक्छ तर त्यसालाई मानी दिन्छौं । मान्नु नै त्यो अवस्थालाई स्वीकार गर्नुहो । जव हामी कुनै कुरा स्वीकार गर्छौं त्यो नै हाम्रो मानक वन्छ । यथार्थमा जिउने क्रमलाई घिस्याउने पार्ट पुर्जाहरु तिनैहुन कि जस्तो भान हुन्छ । यथार्थमा जिउने क्रमलाई घिस्याउने पाटपूर्जाहरु तिनैहन ुकि जस्तो भान हुन्छ कहिलेकाही । वास्तवमा तिनै पनि हुन् ।यी व्यहोर्नु र भोग्नुपर्ने अवस्थाहरु नआउनु नहुनु र नदेखिनुहो भने महसूस भन्नेकुरा नै हुदैन । महसूस नभएपछि मैले के गरे कसोगरे भन्ने कुराको हेक्का हुदैन तसर्थ मानिसकोलागि त्यो सोचमा झुडिण्नु कदापि सार्थकता ठहरिदैन । सार्थकताको लागि जे परेपनि जस्तो सुकै आघात भोग्नु परेपनि हासी हासी अघि वढ्नु प्रेरणादायी हुन्छ । जस्ले अरुले ती क्षणहरुवाट मुक्ति पाउन केही मद्दत पुग्दछ । यस्तो कुराको प्रभावले मानिसमा आत्मावलको सृजना हुन्छ जसले गर्दा जिवन निरन्तरतामा नया रंग नया आभासको संगीत गुन्जन पुग्दछ । तव कि्रयाशीलता प्रभावकारी भएर कोही के कोही के वन्न पुग्दछ । यहि कृयाशीलतामा मान्छेले जिवन भन्ने कुराको परिचय पाउछ । र त वोल्नुमा भन्दा गरेर देखाउनुमा विश्वास गर्दछ । आज जो हामी गरिरहेछौं त्यो हिजोको भन्दा कैयौं गुणा फरक छ किनभने त्यो गतिशील समयको उपज हो । जसलाई गतिशीलताको महत्व हुन्न त्यसलाई त्यो उपलव्धिको आभाष साथै महत्व पनि हुन्न । यी सारा त्याग्नेलाई साचै भन्ने हो भने जिवन कै मोह पनि हुदैन । वास्तवमा तिनीहरु नै जिवनको सम्पूर्णता चाहान्दैनन् वीचै सुनौलो जिन्दगी त्यागिदिन्छन् । कठोर र सहज भन्ने चाहेर हुने कुरा पनि होइन आफसेआफ जन्मदै हुर्कदै जाने परिस्थितिहरु हुन्। यसलाई जिवसंग हुत्याउदै लैजादा भागवण्डा गरे जस्तो कसैलाई शुख कसैलाई दुःख पर्नजान्छ भाग्यमा । अनि व्यर्थै दोष्न पुग्छौ कर्मलाई र ठोक्न थाल्छौं पुरपुरोलाई । पर्नेलाई पनि विधाताले त्यस्तै पारिदिए जस्तो महसूस भइदिन्छ । किनकि कसैलाई वाचुाजेल सुखै सुख कसैलाई दुःखै दुःख पक्षपात गरे जस्तोदेखिन थाल्छ ।
यसो हुनुमा समय परिस्थितिको पनि खेल हुन सक्छ । उदाहरणको लागि पहिले सुख पाउने कोहि पछि गएर दुख पनि पाएका छन् भने दुखी मान्छे पनि सुखी भएको हाम्रैआंखाले देखेका छौं । भाग्लाई दोष्नुमात्र पनि गलत हो किनकि अन्य वस्तु परिस्थितिको पनि प्रत्यक्ष असर त छ नै। जो भोगाइमा गौण रहन्छ । त्यसलाई दोषको रुपमा लिदैनौं। साचै भन्नेहो भने जिवन पाएर पनि केही नपाए जस्तो भान हुन्छ । यो संसारमा हरेक कुरा छ तर त्यो आफ्नो वसमा छैन केवल मात्रै छ भन्नुसुन्नु र देख्नुमा सायद त्यसैले होला आज भोलि मलाई के लाग्छ भने एक मनले जिवन वुझ्नु भन्दा नवुझेकै राम्रो जस्तो । यहां जिवन वुझ्नुले हरेक झंझछ मोहईष्र्याप्रेमद्धेषलोभ लालच आदि कुराहरु निर्वाधरुपले निम्त्याएकोछ । यस्तोपनि लाग्छ जिवन नवुझिएको भए कति आनन्द होला भनेर । संसंसारमा देखिने भोगिने कुराको चासोमात्र होइन महत्व समेत हुन्नथ्योहोला । मात्रै जिवन जिवन जस्तै हुन्थ्यो। लाग्छ वुझ्नेको मात्र जिवन नभएर नवुझ्नेको पनि वास्तवमा जिवन जिवन नै हो । मात्र फरक वुझ्नु र नवुझ्नु मा छ ।
June 21, 2006
Advertisement
June 21, 2006 at 5:11 am
Hi, this is a comment.
To delete a comment, just log in, and view the posts’ comments, there you will have the option to edit or delete them.