www.tankasubba.com

लोकतन्त्र र वर्तमान सन्दर्भ
हङकङमा कलम चलाउने साथीहरु साप्ताहिक रुपले आफ्ना विचारहरु सम्प्रेषण गर्न लागि परेकाछन् भने म चाहिं महिनौ पछाडी कामको चटारो र हतारोलाई वल्लैले पन्छाएर एउटा सानो लेख जोड्ने घृष्टता कस्दैछु । मनले जति नै कलम अर्जाप्न चाहे पनि कामको प्रकृतिले काहा पो भन्या जस्तै कलम चलाउन पाईएको छ र ? तर पनि विचार र भावनाहरुले द्रविभूत गर्न थाले पछि अरु दश काम छोडेर भए पनि लेख्ने मान्छेलाई लेख्नु नै ठुलो लाग्दो रहेछ । त्यसैले कामसंग छलिदै लुक्दै यो लेखलाई अगाडी वढाउने तरखर गर्दैछु । हङकङ लगायत देशविदेशका समाचारहरु इन्टरनेट साथै विभिन्न पत्रपत्रिका मार्फ तात्तातै हेर्न पाउदा खुशी नलाग्ने कुरै भएन । मानिसको लागि सवै भन्दा ठुलो कुरो वाच्नु नै भएकोले शकुसल जीवन यात्रालाई अगाडी वढाउन पाउनु नै उपलब्धि हो कि भन्ने सम्झन्छु । नेपालको राजनैतिक परीवर्तनले हामी प्रवासमा वसीरहने नेपालीहरुको मनमा उत्साह र आशाको किरण प्रत्येक क्षण गाढा गाढा रुपले फैलिन थालेको छ । नेपाली जनताको मुल लक्ष्य र लर्डाई भनेको राजतन्त्रको अन्त्य र लोकतन्त्रको स्थापना नै हो । यो मुद्दालाई छिनोफानो गर्नमा हङकङ वसोवास गर्ने नेपालीहरुको पनि कम योगदान छैन । यहि अनुरुप राजाले आफ्नो प्रत्यक्ष शासन गर्नवाट अन्तत नेपाली जनताको सामु नराम्ररी घुडा टेक्नु प-यो । जसले गर्दा लोकतन्त्र स्थापना को लागि अनूकुल परिस्थिती एकाएक सिर्जना हुन पुग्यो । विचारधारा वेग्लावेग्लै भए पनि लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने मुल नारा एउटै भएकोले सातदल र माओवादी आजभोलि एउटै वार्ताको टेवुलमा उत्रेकाछन् । लोकतन्त्र स्थापना पाश्चात के कस्ता नितीनियमहरु अवलम्वन गर्ने भन्ने विषयमा विभिन्न संघसस्थाहरुले गोष्ठि गर्नमा जुटिरहेका छन् भने पत्रपत्रिका मार्फ वुद्घीजीवी पत्रकार लेखक साथै राजनितीकर्मीहरु समेत खुल्लेआम वहसमा जुटिरहेका छन् । जो हामी र्सवसाधारण जनताले पनि लोकतन्त्रको विषयमा जानकारी पाउने अवसर पाएका छौ । यता वार्ताको टेवुलमा पटक पटक सातदल र माओवादी वीच अझै सम्झौताको विन्दुमा पुग्न नसक्नु साथै वार्ता दिनानु दिन तन्किदै जानुले कतै वार्ता असफलता तिर धकेलिएको त होइन ?  भनेर आम नेपाली जनताले शंका गर्न थालेकाछन् । यसरी वार्ता लम्विदै जानुले लोकतान्त्रिक अभियानलाई आघात त पुग्छ नै त्यो भन्दा खतर्नाक राजावादीहरुले आफ्नो टाउको उठाउने मौका निर्वाध रुपले पाउने छन् । तर्सथ तत्काल वार्तावाट सातदल र माओवादी राजनैतिक सम्झौताको विन्दुमा पुगेर अन्तरीम र्सवदलिय सरकार गठन गरी सम्विधानसभाको चुनावमा लाग्नु पर्ने देखिन्छ । यी त भए देशका जाजाल्यमान कुरा अव अलिकति हङकङको परीवेश तिर मोडीयौ । यहावाट प्रकाशित साप्ताहिक सनसाइज र एभरेष्ट मार्फ विभिन्न लेख सचनाहरु सम्प्रेषण भैरहेकाछन् । त्यसलाई हामीले दृष्टिपात पनि गरीरहेका छौ । क्रियाप्रतिक्रिया पनि पढीरहे कै छौ । मुल त आदीवासी जनजातिको विषय माथी केन्द्रित रहेर आदीवासी जनजाति महासंघका महासचिव तथा सनराइज साप्ताहिकका सम्पादक भूपेन्द्र चेम्जोङ्ग र चन्द्र दुमी र्राईका लेख प्रतिक्रियाहरु हेर्न पाइयो । उत्ता एभरेष्ट पत्रिका मार्फ प्रद्वयका विचारहरु पनि अध्यायन गर्दै आएकाछौ । जनजाति महासंघले मुल मुद्दाको रुपमा उठाएको विषय भनेको नै हङकङमा जनजाति महावाणिज्यदूतको माग गर्नु हो । यो एक प्रकारले जायज माग पनि हो किनभने हङकङमा जनजाति कै वाहुल्यता पाइन्छ । यसरी हङकङमा जनजातिहरुको वाहुल्यता हुदाहुदै पनि सूचना सेवा विभाग वाट प्रकाशित वाषिर्क पुस्तिका २००५ को तथ्यांक अनुसार हङकङमा ६२.५ प्रतिशत नेपाली हिन्दु धर्मवालम्वि छन् भनेर उल्लेख गरेको छ । हङकङमा रहेका अधिकांश अहिन्दुहरुलाई यो तथ्यांकले पुन पुरानै शैली अपनाइ हिन्दुधर्ममा मुछ्ने कार्य गरीएको छ । गलत तथ्यांक प्रति अधिकांश सघसस्थाहरुले भर्त्सना पनि गरीसकेका छन् । यी त भए यहाको विषय वस्तु तर हङकङ भन्दा टाढा यू.के. रहनु हुने मित्रहरुमा कवि टंक वनेम द्वारा लिखीत दुइ कविता संग्रहमा साँघुरी र वुढासुब्बा साथै लिम्बुभाषाको कविता संग्रह पेन्जिरी पेन् मिक्हा -भूल पर्ने जोडी आखा ) र गीतकार मिजास तेम्वे द्वारा निकालिएको आधुनिक गीति संग्रह उद्गार पनि हेर्न सुन्न अवश्य नपाएको होइन । तर समयाभावले गर्दा ती विषयहरु माथी विचार उठान गर्न मात्र नभ्याएको हुँ । सवै विषय माथी वेग्लावेग्लै टिकाटिप्पणी गरौ भने हातमुख जोड्नु पर्ने कामले सधै असार मात्र निम्त्याउछ । त्यसैले विभिन्न विषयहरुको गेडागुडी मीसाएर जसोतसो क्वाटी लेख पस्कन तम्सिरहेछु । नेपालमा धर्मनिरपेक्ष घोषणा भैसकेर पनि हङकङमा कताकता केहि व्यक्तिले लेखहरु मार्फ जनजातिहरुले साम्प्रदायिकता फैलायो भनेर लेख्ने कलमवाजहरु पनि नभएका होइनन् । सम्विधानसभा मार्फ संघात्मक शासन प्रणाली लागू गर्ने प्राय निश्चित भैसकेको वेला यस्तो वोल्नु आफैमा अवैज्ञानिक ठहरीन्छ । त्यसो त नेपालवाट प्रकाशित कान्तिपूर दैनिक मार्फ जातिय भाषिक र क्षेत्रिय स्वयतता सहित संघात्मक संरचना विरुध्द केहि कलमकर्मीहरुले मिसन नै चलाएका छन् । उनीहरु कहिल्यै उत्पीडीन वर्ग र जाति वारे कलम चलाउन चाहादैनन् । यदि ती वर्ग,जातिले आफ्नो अधिकारको लागि आवाज उठाए भने त्यसको खण्डन गर्न आफुले मात्रै सारा कुरा जानेको छु भन्ने ठानेर झुठो उदाहरणहरु अघि र्सार्छन् । मुलुकको साचो इतिहास र अन्तराष्ट्रिय घट्नाक्रम वंग्याएर आफु चोखिने निती अपनाउछन् । जस्तोसुकै विचारहरु हाम्रो सामु सम्प्रेशित भए पनि अव निर्माण गरीने सम्विधानसभा अर्न्तर्गत जनजाति तथा पिछडीएका जातिहरुलाई सम्वोधन गर्न सकेन भने भोलि गएर माओवादीको जनयुद्घ भन्दा भयानक युद्घ चर्कने सम्भावना देखिन्छ । अवको लोकतान्त्रिक शासन प्रणालीमा हिजो जस्तै नेताहरुले अरुको मुख ताक्ने र ढुलमुले निती अपनाएर जनतालाई झुक्याउने तर्फलाग्नु हुदैन । लोकतान्त्रिक सरकारले सम्विधानसभा द्वारा जातिय तथा क्षेत्रिय स्वयतता प्रणाली अपनाइ सम्पूर्ण र्सवसाधारण जनताहरुको पहुच सम्म लोकतन्त्रको महसुस गराउनु पर्छ । किनकी हामी सवैले केन्द्रवाट चल्ने सरकारको नियती भोगी सकेका छौ । तर्सथ अव निर्माण गरीने देशको निती सम्पूर्ण जनताले जान्नु वुझनु आवश्यक छ र त्यो उनीहरुको अधिकारको कुरा पनि हो । त्यसैले देश नेताहरुको नियन्त्रणमा नभएर नेपाली जनताको निर्देशनमा चल्न आवश्यक छ ।

म र मेरो कलम
डेढ दशक अगाडी विदेशतिर हुइकिदा यी हातहरुले कलम समातेर श्रृजना गर्न सकिएला भन्ने सयमा एक प्रतिशत पनि सोचिएको थिएन । सोचियास् पनि कसरी परदेशमा पाईला टेकि सकेपछि जे पर्ला सोही र्टला भन्ने मानसिकता वोकेर हिडिएको हुन्छ । फेरि साहित्य श्रृजना जस्तो कुरा चानचुने विषय पनि त होइन । त्यसैले कहिले काही आकाशको फल आखा तरी मर भन्ने उखान सो सरह होला जस्तो लाग्थ्यो साहित्य निर्माण कुरा । किनभने साहित्य जन्माउनको लागि समय,परिस्थिति र त्यस्तै खाले महौलको आश्यकता पर्दछ । केहि कथम यी कुराहरु मिल्न गए पनि मानसिक रुपले तयार हुन सकिएन भने त्यो वालुवाको महल ठड्याउनु वरावर नै हुन्छ । अर्कोकुरा के भने परम्परा, संस्कार, रीति ,तिथि, भाषा, भेष-भुषा र दिनचार्याले पनि लेखनमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले तुरुन्तै कलम समाई हाल्न कठिनाई पर्दछ । आदि इत्यादि क्षणहरुसंग घुलमेल हुनुमा नै समय त्यसै खर्चिनु पर्छ । यिनै वास्तविक कारणहरुले गर्दा साहित्य श्रृजनाको आशा गर्नु झन ल्हासाको सुन वरावरी ठहरीन्छ । श्रृजना गर्नको लागि हरेक कुराको चाजो पाजो मिल्नु जरुरी हुन्छ अनि मात्र परदेशमा लेख्नुको मेलोमेसो तयार हुदै जाने कुरा हो । यस्तो प्रकारको परिस्थिति व्यहोरी रहनु हुने लेखक तथा पाठकवृन्दहरुलाई र्सवविदतै भएको हुनुपर्दछ । हङकङ नगरी टेकिन्जेल सम्ममा झण्डै कलमसंगको मितेरी साइनो दन्त्यकथामा परीणत हुन लागेको थियो । तर यहां त मैले सोचे भन्दा ठिक विपरीत साहित्यको सागरमा पौडिने थुप्रै कलमकर्मीहरु पो हुनुहुदो रहेछ । उक्त यथार्थ थाहा पाएपछि सुकिसकेको घांटीमा पानीले भिजाएर जस्तै भयो । अनि धन्य सम्झे र भाग्यशाबली पनि किनकि वथान हराएको प्रणीले धेरै दिनपछि आफ्नो वथान संग भेट झैं महसु। भयो । यदि यस्तो समय मैले नपाएको भए भर्भराउदो मेरो श्रृजनाको कलम उहिल्यै खडेरीले मरीसक्थ्यो । तर त्यसो हुन पाएन हङकङको साहित्यिक माहौलले गर्दा । साथै यहा रहनु भएका साहित्यकार साथीहरुको हातेमालो, पाठक तथा शुभ चिन्तहहरुको सदासयताले गर्दा देशवाट पलायन भएपनि लेखनवाट पलायन हुन सकिएन । वरु म मा झन मादकता भरिएर अगाडी वढ्ने हौसला मिल्यो । नेपाली भाषा र वाङमयसंग परिचय भएको पनि थाहा नपाइ झण्डै दुइ दशक पो चिप्लिएछ । अस्ति पुरानो डायरीको पानामा लेखिएका मितिले चिथोर्दा मात्र पो झस्किएं । सम्झन्छु धरानमा अध्ययन गर्दाका क्षण । त्यस नगरीमा म अत्यन्तै लगनशील थिएं जस्तो लाग्छ नदीको प्रवाह जस्तै । त्यस वेलाको मेरो रफ्तार निरन्तर अहिले सम्म नछोडेको भए वर्तमानको म भन्दा अर्को राम्रो म भै सक्थें । तर भाग्य पर्यो देवे तिर । लक्ष्य मोडेर हाकिनु पर्यो अर्को गोलार्द्धमा, अनि साहित्य श्रृजनाको दुनियालाई चटक्कै छोडेर परिश्रमको नीलो सागरमा घचेटिनु पर्यो नचाहदा नचाहदै । कहिलेकहि निस्सासिएको क्षणमा सोच्ने गर्थे वैशको वेला लेख्ने वैशालु कवि मात्र भइएछ जिन्दगीमा । यसो नसोचिओस् पनि किन कलम थन्काएर वाच्नुको खोले फाडो जुटाउनमा नै समय वित्दै गए पछि मनमा उराठ उराठ लाग्न वाहेक के हुन्छ होला र- पीडालाई भुल्न कल्पनाको सहारा लिन नै त्यो समयको खाली ठाउ भर्ने उत्तम वनि दिन्छ । दिमाग भरी नौला श्रृजनाका कुराहरु भरीएर आउथ्यो तव अक्षरहरुमा कति उनौ लाग्थ्यो तर कपी कलम हातमा भए पो लेखिन्थ्यो आखिर त्यसै पोखिएर जान्थ्यो । तर समय सधै एकै प्रकारको मात्र हुदैन । कोल्टे पाल्टे समयले पर्दा नसोचिएको ठाउमा अचानक श्रृजनाको कलम संग जम्काभेट हुदा मरुभूमिको यात्रामा तिर्खाएको यात्रीले एक गिलास पानी पिउन पाए झैं भयो मलाई । सायद तिनै कारणहरुले गर्दा मेरो लेखनको खडेरीमा हरियाली पलाउदै गयो क्रमश । मैले हङकङमा पनि सानो नेपाल पाएं । त्यति मात्र नभएर सहकर्मी,पाठक, शुभचिन्तक सवै सवै हुनुहुन्छ यहा । त्यसैले त अक्षरहरु जोड्न मन लाग्छ । कलमवाट अक्षरहरुमा छरीएर जीवन वाचु झैं लाग्छ । परदेशमा पनि घरदेशको जस्तै आफ्नै भाषा साहित्यको श्रीवृद्धिमा सेवा गर्न पाउदा कता हो कता आफुलाई भाग्यशी ठान्छु । किनभने आफ्नै वाङमयको सागरमा निश्चिन्त पौडिन मौका पाइरहेकोछु । आजभोलि मालाई के लागिरहेछ भने साहित्य श्रृजना गर्नको लागि अनुकुल समय आफैले निर्माण गर्नुपर्दोरहेछ । किनकि साहित्य जोड्न कै लागि भनेर फुर्सदी समय कहा काहा कस्को पो छ र – “जहां इच्छा त्यहां उपाय” भने झैं यदि चाहायो भने समय नमिल्ने कुरै भएन । यी मेरा जति पनि सृजनाहरु छन् ती सवै फुर्सदका उपज होइनन् । जीवन वाच्नु लर्डाईमा वाचे खुचेका अति मूल्यवान समयहरु हुन् । हुन त परदेशमा साहित्य जोडिन थालिएको उहिलेदेखि नै हो सायद परदेश प्रताडिएर लेख्ने अग्रजहरुले पनि मेरै हालत गुजारेको हुनु पदर्छ । जस्तो सुकै परिस्थिति व्यहोर्नु परे पनि आज नेपाली साहित्यले हङकङ लगायत विश्वको कुना कुनामा आफ्नो पखेटा फिजाई सकेकोछ । निश्चय नै यो हामी नेपाली भाषीकोलागि सुखद पक्ष हो । तर यति हुदाहुदै पनि परदेशमा जन्मे हुर्के र वढेका नया नेपाली पीडिहरुमा भाषाको लगाव कमजोरी हुदै आएको पाइन्छ । जस्ले गर्दा भोलि गएर हाम्रा सन्ततीहरुमा भाषाको प्रेम शुन्य भएर जान वेर लाग्दैन । नया पिडीकाले नेपाली भाषा वोली हाले पनि अंग्रेजी मिश्रण गरेर वाल्ने गरेको पाइन्छ । हंगकंग रहनु हुने अभिभावक वर्गले समयमा नै त्यतातिर ध्यान नदिए भोलि देश प्रेम र दायित्व उनीहरुमा स्वत घटेर जान्छ । भाषा साहित्य वचाउनको लागि सोही भाषी नै आन्दोलित हुनु जरुरी हुन्छ ।अरु भाषीले प्रोत्साहन दिदैमा त्यो भाषा मौलिन सक्दैन । यिनै यथार्थतालाई मनन गर्दै सातवर्षपहिले नेपाली साहित्यको उत्थान गर्नको लागि नेपाली साहित्य प्रतिष्ठान खडा गरेका हौं हङकङमा वस्दै आएका साहित्यकारहरु मिलेर । आजपनि यसले आफ्नो धर्म छोडेको छैन । अहिले सोहि प्रकृतिका अन्य संस्थाहरु पनि साहित्यलाई उर्वर गराउन लागि परेकाछन् । तर भन्नै पर्ने कुरो के भने साहित्य लेखेर मात्र हुदैन उचित परिस्कार र त्यसको विकास गर्न ज्यादैआवश्यक हुन्छ । र समय समयमा क्रिया अन्तरक्रिया साथै गोष्ठिहरु पनि हुनु जरुरी छ । हङकङ आएर धन्य कलमलाई वेल्चामा परिणत गरिनछु नत्र भने कहां यसरी शव्दहरुसंग खेल्न पाइन्थ्यो र – अव त जीवनको एउटा पाटो नै वनि सक्यो । वांच्नुको साथर्कता म त त्यतै देख्छु आज भोलि । वरु मेरो कलमवाट कस्तो कस्तो रचनाहरु पाठकहरुको सामु पस्कन सके त्यो चाहि शुभ चिन्तक तथा पाठक वर्गलाइ नै सोधानी गनु पर्ला । जे होस हङकङमा नेपाली साहित्यको प्रवाह ज्यादै उर्वर रुपले वढ्दै गएको पाएकोछु ।

वुझ्नु र नवुझ्नु मा जिवन
जिवन जिउनको लागि हरेक मान्छेले आ -आफ्नै खाले समय र परिस्थितिसंग सम्झौता गर्नुपर्नेहुन्छ नचाहेर पनि । यदि कसैले त्यो क्षणहरु संग कुनै प्रकारको सम्झौता गर्न चुक्यो भने उसको जिवन केही न केही वर्वादीका पलहरुले आकस्मिक आक्रमण गर्न सक्छन् । उक्त आक्रमणवाट पुनः यथास्थितिमा तग्रीनकोलागि मानसिक रुपमा घाइते हुनु त पर्छ नै । त्यो भन्दा पनि ठूलो आर्थिक क्षति र भौतिक प्रतारणा व्याहोर्नु पर्नेहुन्छ । तसर्थ हरेक कामको लागि विवेक आवश्यक हुन्छ । विवेक भएर मात्र पनि हुदैन त्यसलाई सही ढंले उपयोग गर्दै लग्यौं भने वांच्नको लागि केही सुलभ पक्षहरु देखा पर्दै जान्छन् । प्रत्येक क्षण समस्याहरु मानिस सम्मुख भएर उत्पनिनु त्यो कुनै नौलो कुरो होइन । तर त्यसलाई सावधानी पूर्वक लग्नु भने कर्तव्य नै ठहरिन्छ । संसारमा मानिस अन्य प्राणीहरु भन्दा सर्वश्रेष्ठ भएकै हैसियतले कठोर भन्दा कठोर अवस्थालाई सहजै कुल्चदै जानु मानवीय लक्ष्य पनि हो । किनकि अन्य प्राणीमा कुन कठोर र हुन सहज भन्ने अनुभूति हुदैन । भय भए   अलिकति भोक  र मृत्युको हुन्छ । चेतना वोधकै कारण मानिस आफ्नो प्रसायमा सफल भएको छ । हुन त कति प्रयासहरु विफल पनि नभएका होइनन्। तर हुदा सम्म र गर्दा सम्मको सफलताले यो उत्तर आधुनिक समय व्यतित गर्न पाइरहेका छौं। कतिपय मानिसको सपना   विशाल रुपले फैलदा तुहेर गएको देखेका छौं । सपना जो देख्छौ त्यो एक प्रकारले समस्या पनि हो । किनभने त्यही सपना साकार पार्नको लागि अनेकौं उपायहरु जन्माउछौं । उपायलाई उपाय नै वनाउन भने हरेक दुःख कष्टहरु व्यहोर्दै जानुपर्छ नत्रभने त्यो केवल कल्पना मात्र   वन्न पुग्छ । प्रत्येक मान्छेलाई उन्मुक्त हुन मनलाग्छ आफ्नो व्यवहारिक लान्छनाहरु पन्छाएर । तर तारको तार आउने साना ठूला विपत्तिहरुले कहांपो उम्कन दिन्छ र  कहिले काही त उराठै लाग्ने गरी थुप्री दिन्छन् सोच्नै नसोचेका समस्यारुपी ढुंगाहरु ।

यी हरेक वस्तुस्थितिलाई नियालेर हेर्दा लाग्छ । मान्छे मात्र दास हो समयको । धर्तीमा पाउ राखेदेखि वर्तमान क्षणसम्म उमेर थप्दै जिवन रथ यहां सम्म ल्याइपुर्याएका छौं। जहां सम्म आएका छौ तर यहासम्म आउनलाई कहां सजिलै भएको हो र  कति वाध्यतासंग किचिएर हो भने कति परिस्थिति संग थिचिएर हो । वितेको पल त आखिर अतित नै भइसक्यो तर आगत समयको आकृति भने कस्तो हुन्छ भन्ने चाहि मात्र गर्न सक्छौं अन्दाज । साचै भन्ने हो भने भविष्य भन्ने कस्ले पो ठोकुवा   गर्न सक्छ र  अतितलाई नभुलौ भन्दा पनि भुल्नै पछ ्रनया दिनहरुको आगमनले । हामीमा हुने आभाष पनि त्यसरी नै परिवर्तित हुदै जान्छन्। यदि यि सवकुराहरु नस्वीकारु त्यो हुदै हुदैन स्वीकारुं जिन्दगीको खेल अरु जटिल वन्दै जान्छ । हरेकले खेल्दै जानुपर्ने यो जोखिम पूर्ण खेल कहांपुगे र अन्त हुन्छ । त्यो पनि कसैलाई थाहा हुन्न तर नाई भन्न पाइन्न वाचुन्जेल । लाग्छ कहिले काही खेल भोग्नलाई होइन मात्र खेल दुनियालाई प्रदर्शन गर्न आइएछ भनेर । संसारका तमाम मान्छेहरु अक्सर जिवनवाट स्वतन्त्र कतै भाग्न चाहान्छन् तर चाहे अनुरुप कहांपो भाग्न सकेकाछन्। वढ्ता भए केही दिनको छुटिमा त्यो भन्दा वढी केही हुन सक्दैन । सके जोगी होला तर जोगीलाई पनि मागेर पेट भर्नुको पीर त हुन्छ नै अन्य पीर नभए पनि । मान्छेको इन्द्रियले समय भन्दा चाडै कतै पुगुंलाग्छ तर समयले पछारी राखेकै हुन्छ वारम्वार । हुन त यो समय भन्ने कुरा नै के हो थाहा छैन । तर समय नामाकरणले हामी त्यसलाई अनुभूत गर्ने गर्छौ त्यही होकि भनेर । त्यो नहुन पनि सक्छ विश्वास मात्र हो हाम्रो। विहानदेखि साझ सम्मको दिन र साझ सम्मको पललाई रात भनेर वुझ्दछौं। अथवा समयको हिसावमा वाह्रघण्टाको रात र वाह्रघण्टाको दिन वास्तवमा यो वुझाई नै हाम्रो आधार हो । त्यो नहुन पनि सक्छ तर त्यसालाई मानी दिन्छौं । मान्नु नै त्यो अवस्थालाई स्वीकार गर्नुहो । जव हामी कुनै कुरा स्वीकार गर्छौं त्यो नै हाम्रो मानक वन्छ । यथार्थमा जिउने क्रमलाई घिस्याउने पार्ट पुर्जाहरु तिनैहुन कि जस्तो भान हुन्छ । यथार्थमा जिउने क्रमलाई घिस्याउने पाटपूर्जाहरु तिनैहन ुकि जस्तो भान हुन्छ कहिलेकाही । वास्तवमा तिनै पनि हुन् ।यी   व्यहोर्नु र भोग्नुपर्ने अवस्थाहरु नआउनु नहुनु र नदेखिनुहो भने महसूस भन्नेकुरा नै हुदैन । महसूस नभएपछि मैले के गरे कसोगरे भन्ने कुराको हेक्का हुदैन तसर्थ मानिसकोलागि त्यो सोचमा झुडिण्नु कदापि सार्थकता ठहरिदैन । सार्थकताको लागि जे परेपनि जस्तो सुकै आघात भोग्नु परेपनि हासी हासी अघि वढ्नु प्रेरणादायी हुन्छ । जस्ले अरुले ती क्षणहरुवाट मुक्ति पाउन केही मद्दत पुग्दछ । यस्तो कुराको प्रभावले मानिसमा आत्मावलको सृजना हुन्छ जसले गर्दा जिवन निरन्तरतामा नया रंग नया आभासको संगीत गुन्जन पुग्दछ । तव कि्रयाशीलता प्रभावकारी भएर कोही के कोही के वन्न पुग्दछ । यहि कृयाशीलतामा मान्छेले जिवन भन्ने कुराको परिचय पाउछ । र त वोल्नुमा भन्दा गरेर देखाउनुमा विश्वास गर्दछ । आज जो हामी गरिरहेछौं त्यो हिजोको भन्दा कैयौं गुणा फरक छ किनभने त्यो गतिशील समयको उपज हो । जसलाई गतिशीलताको महत्व हुन्न त्यसलाई त्यो उपलव्धिको आभाष साथै महत्व पनि हुन्न । यी सारा त्याग्नेलाई साचै भन्ने हो भने जिवन कै मोह पनि हुदैन । वास्तवमा तिनीहरु नै जिवनको सम्पूर्णता चाहान्दैनन् वीचै सुनौलो जिन्दगी त्यागिदिन्छन् । कठोर र सहज भन्ने चाहेर हुने कुरा पनि होइन आफसेआफ जन्मदै हुर्कदै जाने परिस्थितिहरु हुन्। यसलाई जिवसंग हुत्याउदै लैजादा भागवण्डा गरे जस्तो कसैलाई शुख कसैलाई दुःख पर्नजान्छ भाग्यमा । अनि व्यर्थै दोष्न पुग्छौ कर्मलाई र ठोक्न थाल्छौं पुरपुरोलाई । पर्नेलाई पनि विधाताले त्यस्तै पारिदिए जस्तो महसूस भइदिन्छ । किनकि कसैलाई वाचुाजेल सुखै सुख कसैलाई दुःखै दुःख पक्षपात गरे जस्तोदेखिन थाल्छ ।

यसो हुनुमा समय परिस्थितिको पनि खेल हुन सक्छ । उदाहरणको लागि पहिले सुख पाउने कोहि पछि गएर दुख पनि पाएका छन् भने दुखी मान्छे पनि सुखी भएको हाम्रैआंखाले देखेका छौं । भाग्लाई दोष्नुमात्र पनि गलत हो किनकि अन्य वस्तु परिस्थितिको पनि प्रत्यक्ष असर त छ नै। जो भोगाइमा गौण रहन्छ । त्यसलाई दोषको रुपमा लिदैनौं। साचै भन्नेहो भने जिवन पाएर पनि केही नपाए जस्तो भान हुन्छ । यो संसारमा हरेक कुरा छ   तर त्यो आफ्नो वसमा छैन केवल मात्रै छ भन्नुसुन्नु र देख्नुमा सायद त्यसैले होला आज भोलि मलाई के लाग्छ भने एक मनले जिवन वुझ्नु भन्दा नवुझेकै राम्रो जस्तो । यहां जिवन वुझ्नुले हरेक झंझछ मोहईष्र्याप्रेमद्धेषलोभ लालच आदि कुराहरु निर्वाधरुपले निम्त्याएकोछ । यस्तोपनि लाग्छ जिवन नवुझिएको भए कति आनन्द होला भनेर । संसंसारमा देखिने भोगिने कुराको चासोमात्र होइन महत्व समेत हुन्नथ्योहोला । मात्रै जिवन जिवन जस्तै हुन्थ्यो। लाग्छ वुझ्नेको मात्र जिवन नभएर नवुझ्नेको पनि वास्तवमा जिवन जिवन नै हो । मात्र फरक वुझ्नु र नवुझ्नु मा छ ।